१४ दिनअघि फेला परेको शव तम्घासका मनोजको भएको पुष्टि

उक्त शव रेसुंगा नगरपालिका-१ का ३४ वर्षीय मनोजको रहेको मृतकका बुबा कृष्णप्रसाद पोखरेलले शुक्रबार पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

पुस ४, २०८२

कान्तिपुर संवाददाता

Body found 14 days ago confirmed to be that of Manoj from Tamghas

गुल्मी — पनाहा खोलामा बेवारिसे अवस्थामा १४ दिनअघि फेला परेको शव तम्घासकै ३४ वर्षीय पुरुषको रहेको पुष्टि भएको छ ।  रेसुंगा नगरपालिका र इस्मा गाउँपालिकाको सिमाना छल्दी पनाहा खोलामा बेवारिसे शव मंसिर २० मा फेला परेको थियो ।

उक्त शव रेसुंगा नगरपालिका-१ का ३४ वर्षीय मनोजको  रहेको मृतकका बुबा कृष्णप्रसाद पोखरेलले शुक्रबार पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

मंसिर १४ मा घरबाट हराएका उनी केही मात्रामा बौद्धिक अपाङ्गता रहेका थिए । हालसम्म मर्सरी फ्रिजमा राखिएको उक्त शव अहिले पोष्टमार्टम प्रक्रियामा रहेको छ ।

जमेको पानीमा घोप्टो परेको अवस्थामा पानीमा तैरिएको अवस्थामा शरीरको पछाडि ढाडको भाग देखिने गरी घोप्टो अवस्थामा उक्त शव फेला परेको थियो । 

आफन्त सम्पर्क नआएका कारण प्रहरीले छिमेकी जिल्ला बाग्लुङ, प्यूठान, अर्घाखाँची, पाल्पा, स्याङ्जा र पर्वतमा पनि यस घटनाबारे जानकारी गराउँदै समन्वय गरिरहेको थियो । अन्त्यमा उक्त शव सदरमुकाम तम्घासकै बासिन्दाको रहेको पुष्टि भएको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully