जिल्लास्तरीय अन्तरविद्यालय गायन प्रतियोगितामा साकार शाही प्रथम

रुपन्देहीस्थित तिनाउ इंग्लिस बोर्डिङ स्कुलले आयोजना गरेको प्रतियोगितामा कक्षा ९ मा अध्ययनरत शाहीले प्रथम पुरस्कारस्वरूप १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन्।

मंसिर २६, २०८२

कान्तिपुर संवाददाता

Sakar Shahi wins first place in district-level inter-school singing competition

रुपन्देही — जिल्लास्तरीय अन्तरविद्यालय गायन प्रतियोगितामा न्यू होराइजन बोर्डिङ स्कुलका विद्यार्थी साकार शाही प्रथम भएका छन्।

रुपन्देहीस्थित तिनाउ इंग्लिस बोर्डिङ स्कुलले आयोजना गरेको प्रतियोगितामा कक्षा ९ मा अध्ययनरत शाहीले प्रथम पुरस्कारस्वरूप १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन्।

गायन क्षेत्रमा अत्यन्त रुचि राख्ने शाहीको मेहनत र लगनका कारण संगीतमा उनको भविष्य उज्ज्वल रहेको न्यू होराइजन बोर्डिङ स्कुलका संगीत शिक्षक विशाल थापाले बताए। प्रतियोगितामा शाहीले नारायण गोपालको गीत ‘बनै खायो डढेलोले’ गाएर निर्णायकको मन जितेका थिए। प्रतियोगितापछि शाहीले भने, ‘पाका पुस्ताको गीत गाउन सजिलो छैन, निकै मेहनत गरेको थिएँ।’

गायन प्रतियोगितामा क्रमशः दोस्रो हुनेमा अक्सफोर्ड मावि, तेस्रो हुनेमा सैनिक आवासीय महाविद्यालय र चौथो हुनेमा एक्स–आर्मी स्कुल नयाँगाउँ रहेका छन्।

कान्तिपुर

Link copied successfully