आगलागीका कारण एउटा ट्रस्ट भवनसहित ठूला साना सात वटा मेसिन जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।
दाङ — राप्ती गाउँपालिका–२ पुन्यपुरस्थित फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा आगलागी भएको छ ।
शुक्रबार बिहानदेखि लागेको आगो अपराह्न मात्र नियन्त्रणमा आएको थियो ।
आगलागीका कारण एउटा ट्रस्ट भवनसहित ठूला साना सात वटा मेसिन जलेर पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीबाट ६७ लाख बढीको क्षति भएको वडा प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ ।
आगो नियन्त्रणका लागि गढवाको दमकल, राप्ती गाउँपालिकाको मिनी दमकल र डोजर प्रयोग गरिएको थियो भने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय पनि आगो नियन्त्रणमा सहभागी भएका थिए ।
आगो कसरी लाग्यो भन्नेबारे हालसम्म पुष्टि हुन नसकेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले बताए । राप्ती गाउँपालिकाले उक्त स्थलमा फोहर व्यवस्थापन गर्दै आएको थियो । पछिल्लो समय फोहर व्यवस्थापनमा स्थानीयहरूले अवरोध गर्दै आएका थिए ।
