खौराहा खोलामा बेपत्ता १२ वर्षीय बालकको शव भेटियो

कक्षा ५ मा अध्ययनरत उनी खौराहा खोलामा नुहाउन गएका बेला बेपत्ता भएका थिए ।

मंसिर २६, २०८२

कमल पन्थी

Body of missing 12-year-old boy found in Khauraha River

बर्दिया — मधुवन–१ पत्थरबोझीस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत १२ वर्षीय बालकको खौराहा खोलामा शव फेला परेको छ ।

बुधबार बेपत्ता बढैयाताल गाउँपालिका–७ घरभएका १२ वर्षीय बसन्त राना भाटको शुक्रबार शव फेला परेको जिल्ला प्रहरी बर्दियाका निरीक्षक प्रकाशसिंह कार्कीले बताए । कक्षा ५ मा अध्ययनरत उनी खौराहा खोलामा नुहाउन गएका बेला बेपत्ता भएका थिए ।

मधुवन–१ का वडाध्यक्ष मिन थापाले सशस्त्र प्रहरीको गोताखोर टोलीले  उनको शव फेला पारेको बताए । मृतक बालक विद्यालयले संचालन गरेको अनाथालयमा बस्दै आएका थिए । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully