बाघको गणना चितवन–पर्सा बाँके, बर्दिया र शुक्ला राष्ट्रिय निकुञ्ज र लालझारी कम्पलेक्समा हुने राष्ट्रिय निकुञ्ज विभागले जनाएको छ ।
बर्दिया — यसवर्ष पुस ५ गतेबाट बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको गणना गरिने भएको छ । बाघ गणनाका लागि आवश्यक तयारी भइरहेको निकुञ्जले जनाएको छ ।
बाघ गणनाका लागि क्यामेराको पर्याप्त व्यवस्था अझैसम्म हुन सकेको छैन । बर्दिया निकुञ्ज र आसपास गरि करिब ४ सय ५० क्यामेराको आवश्यकता रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख अजित तुम्फाहाम्फेले बताए ।
काठमाडौंबाट १ सय ४५ वटा क्यामेरा आइपुगेको छ । अरु क्यामेरा काठमाडौंबाट आउने र विगतमा बाघ गणनाका लागि क्यामेरा मौज्दात रहेको उनले जनाए । क्यामेरा ट्रापिंग प्रविधिबाट गणना गरिन्छ ।
बाघको गणना चितवन–पर्सा बाँके, बर्दिया र शुक्ला राष्ट्रिय निकुञ्ज र लालझारी कम्पलेक्समा हुने राष्ट्रिय निकुञ्ज विभागले जनाएको छ । निकुञ्जमा हरेक चार वर्षमा बाघको गणना हुने गर्छ ।
राष्ट्रिय निकुञ्ज वन्यजन्तु विभाग र विश्व वन्यजन्तु संरक्षण कोष र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट संयुक्त प्राविधिक टोलीले क्यामेरा ट्रापिङ्गको सहयोगमा गणना गरिने भएको छ । बर्दिया निकुञ्ज बाहेक खाता जैविक मार्ग र आसपासका क्षेत्रमा बाघको गणना हुने भएको जनाएको छ ।
बाघ गणनाका लागि खटिने प्राविधिक टोलीलाई मंसिर अन्तिम साताबाट प्रशिक्षण दिने भएको छ । बाघ गणना २१ सम्म हुने भएको छ । बाघ गणनाका लागि सय जना बढी निकुञ्ज, विश्ववन्तु कोष, प्रकृति संरक्षण कोष लगायत दक्ष प्राविधिक टोली र कर्मचारी खटिने भएका छन् ।
दाङमा एक बाँके र बर्दियामा २/२ गरी ५ वटा ब्लक बनाई गणना गरिने भएको छ । बाघ गणनाका समय ३ वटा पालुवा हात्ती र निकुञ्ज सुरक्षाका लायग तैनाथ नेपाली सेना सहित ४९ जना कर्मचारी खटिने निकुञ्जका वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए ।
पहिलो पटक बाघ गणना २०१८ मा भएको थियो । त्यस समय बर्दियामा बाघको संख्या ८७ पुगेको थियो । सन् २०१३ मा गणना हुँदा बर्दिया निकुन्जमा ५० वटा बाघको संख्या थियो । चार वर्षअघि बाघ गणना गर्दा बर्दियामा १ सय २५ संख्या पुगेको थियो । यस वर्ष बाघको संख्या बढ्ने अनुमान निकुञ्जका कर्मचारीको छ ।
