लुम्बिनीमा आयोजित तेस्रो विश्व शान्ति सम्मेलनमा आएका बेला उनी मायादेवी मन्दिर भ्रमण गर्न पुगेका हुन् ।
लुम्बिनी — ईयोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेनले बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन् ।
बिहीबार लुम्बिनीस्थित मायादेवी मन्दिर, अशोक स्तम्भ र पुष्करणी पोखरीको अवलोकन भ्रमण गरेका थिए ।
पूर्वप्रधानमन्त्री लेनलाई लुम्बिनी विकास गुरुयोजना, लुम्बिनीमा भएको उत्खनन् र संरक्षण प्रयास तथा लुम्बिनीको पुरातात्विक तथा ऐतिहासिक महत्वबारे लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानीन राईले जानकारी दिएका थिए ।
लुम्बिनीमा आयोजित तेस्रो विश्व शान्ति सम्मेलनमा आएका बेला उनी मायादेवी मन्दिर भ्रमण गर्न पुगेका हुन् ।
पूर्वप्रधानमन्त्री लेनलाई कोषका सदस्य सचिव दीपक श्रेष्ठ र कार्यकारी सदस्य श्याम रोक्काले स्वागत गरेका थिए ।
