घाइतेहरू सबै लमही अस्पताल लमहीमा उपचारपछि डिस्चार्ज भएको र सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए ।
दाङ — लमही नगरपालीका-१ कौडियापुलस्थित पूर्व-पश्चिम राजमार्गमा डडेलधुराबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नं. को बस बिहीबार बिहान दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
पट्टा भाँचिएपछि बस पुलबाट खोलामा खसेको थियो । घाइतेहरू सबै लमही अस्पताल लमहीमा उपचारपछि डिस्चार्ज भएको र सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए ।
बस चालक डडेलधुरा अमरगढी नगरपालिरका-७ का ३६ वर्षीय राजेन्द्र कैनीलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
