संयुक्त राष्ट्रसंघीय शान्ति दूत वुलुओहाई लुम्बिनीमा

वुलुओहाईले बिहीबार लुम्बिनी ध्यान हल र सम्मेलन केन्द्रमा प्रस्तुति दिने कार्यक्रम छ । 

मंसिर २४, २०८२

कान्तिपुर संवाददाता

UN Messenger of Peace Wu Luohai in Lumbini

लुम्बिनी — संयुक्त राष्ट्रसंघीय शान्ति दूत तथा अन्तर्राष्ट्रिय कलाकार वुलुओहाई विश्व शान्ति कार्यक्रमको तेस्रो संस्करणमा भाग लिन नेपाल आइपुगेकी छन् ।    

बुधबार बिहान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि उनले नेपालको सौन्दर्यको प्रशंसा गरेकी थिइन् भने बुद्धको जन्मस्थलमा टेक्दा धन्य भएको बताइन् ।

एकता, करुणा र अहिंसाको सन्देशसँग सांस्कृतिक अभिव्यक्तिलाई मिसाउने आफ्नो कलात्मकताका लागि विश्वव्यापी रूपमा परिचित वुलुओहाईले बिहीबार लुम्बिनी ध्यान हल र सम्मेलन केन्द्रमा प्रस्तुति दिने कार्यक्रम छ । 

यस वर्षको विश्व शान्ति कार्यक्रममा विश्वव्यापी शान्ति, सांस्कृतिक समझदारी र सामुदायिक सशक्तिकरणप्रति प्रतिबद्ध द प्रमिस ल्यान्ड फाउन्डेसनद्वारा आयोजना गरिएको हो। बिहीबारदेखि तीन दिन चल्ने ‘विश्व शान्ति कार्यक्रम’मा सहभागी हुन विभिन्न देशका २५ अर्बपतिहरू बुद्ध जन्मस्थल लुम्बिनीमा सहभागी हुँदैछन् ।

कान्तिपुर

Link copied successfully