रुपन्देही ३ बाट बालकृष्ण खाणसहित प्रतिनिधिसभामा ६ जना सिफारिस

उक्त निर्वाचन क्षेत्रबाट खाणसहित क्षेत्रीय सभापति सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीलाई सिफारिस गरिएको छ ।

मंसिर २४, २०८२

दीपेन्द्र बडुवाल

6 people recommended for the House of Representatives from Rupandehi 3, including Balkrishna Khand

भैरहवा — फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर–३ बाट पूर्व गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणसहित ६ जना उम्मेदवार सर्वसम्मत सिफारिस गरिएको छ ।

उक्त निर्वाचन क्षेत्रबाट खाणसहित क्षेत्रीय सभापति सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीलाई सिफारिस गरिएको छ ।

क्षेत्रीय सभापति गुरुङका अनुसार भैरहवामा आयोजित क्षेत्रीय भेलाबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको हो ।

क्षेत्रीय समितिले उक्त निर्वाचनका लागि प्रतिनिधिसभा समानुपातिक सदस्यतर्फ अल्पसंख्यकबाट जन्नतुन निशा धुनिया, थारुबाट पुष्पा थरुनी र महिलाबाट माधवी शर्मालाई सिफारिस गरिएको गुरुङले जानकारी दिए ।

राष्ट्रियसभा सदस्य पदका लागि खसआर्यबाट सोमनाथ शर्मा, भीमप्रसाद न्यौपाने, अपाङगबाट मिननाथ शर्मा र अल्पसंख्यकबाट मोहन सरदारलाई सिफारिस गर्ने निर्णय भएको उनले जनाए ।

दीपेन्द्र बडुवाल

Link copied successfully