राजापुरमा गोली प्रहारबाट एकको हत्या

उनको शव पोष्टमार्टमका लागि नेपालगन्जमा राखिएको र रिर्पोट आएपछि थप जानकारी प्राप्त हुने प्रहरीले जनाएको छ।

मंसिर २२, २०८२

कमल पन्थी

One killed in shooting in Rajapur

बर्दिया — राजापुर नगरपालिका–४ स्थित हमार थारु घर थारु रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीलाई गोली प्रहार गरी हत्या गरिएको गरिएको छ । 

अचेत अवस्थामा थारु घरमा फेला परेपछि उपचारका लागि नेपालगन्जस्थित शिक्षण अस्पतालमा लगिएकोमा त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए ।

गोली उनको गाला र दुबै कानमा लागेको प्रहरीले जनाएको छ । घटनास्थलबाट गोलीका खोका फेला परेको प्रनि कार्कीले बताए । 

उनको शव पोष्टमार्टमका लागि नेपालगन्जमा राखिएको र रिर्पोट आएपछि थप जानकारी प्राप्त हुने उनको भनाइ छ । दाङ, तुलसीपुर नगरपालिका– ५ का निरज थारुको गोली प्रहार गर्ने मानिस मोटरसाइकलमा फरार भएको प्रहरीले जनाएको छ । 

प्रहरीले गोली काण्डबारे पोष्टमार्टमको रिर्पोट नआए सम्म विस्तृत जानकारी दिन नसकिने बताएको छ । कसले र किन हत्या गरेको हो भन्ने खुलेको छैन । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयले अनुसन्धान जारी राखेको छ ।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully