कपिलवस्तु क्षेत्र नं. २ प्रतिनिधिसभा प्रत्यक्षतर्फ सुरेन्द्रराज आचार्य, गोपीकृष्ण शर्मा, विक्रमसिंह थापा र रविन्द्रनाथ ठाकुरको नाम सर्वसम्मतिले सिफारिस गरिएको क्षेत्रीय सभापति केशवकुमार श्रेष्ठले बताए ।
कपिलवस्तु, — नेपाली कांग्रेस एकातिर प्रतिनिधिसभा पुनःस्थापनाका लागि अदालत गएको छ भने अर्कातिर फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस पनि सुरु गरेको छ । कांग्रेस क्षेत्र नं. २, क्षेत्रीय समितिको सोमबार तौलिहवास्थित जिल्ला पार्टी कार्यालयमा बसेको बैठकले नाम सिफारिस गरेको हो ।
कपिलवस्तु क्षेत्र नं. २ प्रतिनिधिसभा प्रत्यक्षतर्फ सुरेन्द्रराज आचार्य, गोपीकृष्ण शर्मा, विक्रमसिंह थापा र रविन्द्रनाथ ठाकुरको नाम सर्वसम्मतिले सिफारिस गरिएको क्षेत्रीय सभापति केशवकुमार श्रेष्ठले बताए ।
समानुपातिकतर्फ मीना केसी, रिना नेपाल, माया ज्ञवाली र फागुप्रसाद धोबीको नाम सिफारिस गरिएको छ । राष्ट्रिय सभा सदस्यतर्फ जवाहरलाल थारु, रेश्मिराज अधिकारी र दीपेन्द्रनाथ शुक्लाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति श्रेष्ठले बताए । क्षेत्रीय समितिले सिफारिस गरिएको नाम जिल्ला र प्रदेश समितिलाई पठाइने क्षेत्रीय सभापति श्रेष्ठले बताए । यिनै नाममध्येबाट पार्टी उम्मेदवार बनाउने उनले बताए ।
सिफारिस गरिएका नाममध्ये ८० प्रतिशतभन्दा बढी पाका उमेरका छन् । जिल्लाको अन्य दुई क्षेत्रको क्षेत्रीय समितिले मंगलबार नाम सिफारिस गर्ने बताइएको छ ।