मोटरसाइकलमा सवार कालीमाटी गाउँपालिका–३ सल्यानका २३ वर्षीय भीषण पुनको मृत्यु
दाङ — तुलसीपुर–सुर्खेत सडकअन्तर्गत दाङको श्रीगाउँमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा शनिबार राति एक युवकको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार कालीमाटी गाउँपालिका–३ सल्यानका २३ वर्षीय भीषण पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक बबई गाउँपालिका–३ दाङका २९ वर्षीय गणेश वली घाइते भएका छन् । उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लाग भारतको लखनऊ लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक विनोदराज खत्रीले जानकारी दिए ।
तुलसीपुरबाट बबई गाउँपालिकाको हंशपुरतर्फ जाँदै गरेको रा७ प ५६७८ नम्बरको मोटरसाइकललाई जाजरकोटबाट तुलसीपुरतर्फ जाँदै गरेको ना ६ ख २६३५ नम्बरको ट्रकले दंगीशरण गाउँपालिका–६, श्रीगाउँमा ठक्कर दिएको थियो
