कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा परी कालिकोटको सुकाटिया गाउँपालिका–३ का २५ वर्षीय राजा आचार्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय, मैनापोखरका प्रहरी निरीक्षक अच्युत गिरीले जानकारी दिए।

मंसिर २१, २०८२

कमल पन्थी

Motorcyclist dies after being hit by car

बर्दिया — नेपालगन्जदेखि गुलरियातर्फ आइरहेको कारले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार एक महिला घाइते भएकी प्रहरीले जनाएको छ । बाँके खजुरा गाउँपालिका–७ का १९ वर्षीय नसिम साइले चलाएको बा प्र ०१०२६ प ०७१० नम्बरको कारले ठक्कर दिँदा कालिकोटको सुकाटिया गाउँपालिका–३ का २५ वर्षीय राजा आचार्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय, मैनापोखरका प्रहरी निरीक्षक अच्युत गिरीले बताए ।

भे ११ प ७२६ नम्बरको मोटरसाइकलमा सवार कालिकोट शुभपालिका गाउँपालिका–३ कि २३ वर्षिया निर्मला धिताल गम्भीर घाइते भएको प्रनि गिरीले बताए । उनको उपचार शिक्षण अस्पताल नेपालगन्जमा भइरहेको छ । गम्भीर घाइतेलाई शिक्षण अस्पताल नेपालगन्ज पठाएकोमा आचार्यको उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक गिरीले बताए ।

कार र चालक राइनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त घटना बढैयाताल गाउँपालिका-३ पुष्पनगर स्थित हुलाकी सडक खण्डमा भएको हो । आचार्यको शव भेरी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully