राष्ट्रिय आवास कम्पनी नवलपरासीका प्रमुख थापामाथि दुर्व्यवहार

युवाहरुले राष्ट्रिय आवास कम्पनी बर्दघाट पश्चिम नवलपरासीका प्रमुख महेन्द्र थापाको कार्यकक्षमा गएर दुर्व्यवहार गरेका हुन् ।

मंसिर २१, २०८२

कान्तिपुर संवाददाता

Abuse against Thapa, the head of the National Housing Company, Nawalparasi

नवलपुर — राष्ट्रिय आवास कम्पनी बर्दघाट पश्चिम नवलपरासीका प्रमुख महेन्द्र थापालाई नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा संगठनका युवाहरुले दुर्व्यवहार गरेका छन् ।

संगठनको लुम्बिनी प्रदेश ब्युरो सम्बद्ध युवाहरुले आइतबार कार्यकक्षमा थापालाई दुर्व्यवहार गर्नुका साथै मोसो दलिदिएका हुन् । उनले पुनर्वास परियोजनासम्बन्धी काममा अनियमितता, ढिलासुस्ती र घुस लिएकोले कारबाही गरिएको संगठनका प्रदेश प्रमुख मिलन थापाले विज्ञप्तिमार्फत जनाएका छन् । 

उनलाई बस्ती सार्ने, जग्गा वितरण गर्ने, योजना पहिचानमा मनपरी, मिलेमतो तथा नागरिकले पाउनुपर्ने सेवा अवरुद्ध पारेकोजस्ता आरोप लगाइएको छ । 

बर्दघाट नगरपालिका-२ चिसापानीमा निर्माणाधिन अवस्थामा रहेको ट्रमा सेन्टर निर्माणका लागि दिइएको जग्गा बेचबिखन गरेको समेत उनीमाथि आरोप छ ।

कान्तिपुर

Link copied successfully