लमहीमा गोली प्रहार गरेको आशंकामा एक व्यक्ति पक्राउ

शनिबार दिउँसो लमही गल्लीमा रहेको सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली हानेर एक व्यक्ति भागेका थिए । गोली प्रहारबाट सुन पसलमा काम गर्ने कालिगढ १८ वर्षीय दिपक सुनार घाइते भएका थिए ।

मंसिर २०, २०८२

घनश्याम गौतम

Man arrested on suspicion of shooting in Lamahi

बुटवल — दाङको लमही नगरपालिका-५ स्थित जुनतारा सुनचाँदी पसलमा गोली प्रहार घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

शनिबार दिउँसो लमही गल्लीमा रहेको सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली हानेर एक व्यक्ति भागेका थिए । गोली प्रहारबाट सुन पसलमा काम गर्ने कालिगढ १८ वर्षीय दिपक सुनार घाइते भएका थिए । अहिले उनको लमही अस्पतालमा उपचार भइरहेको रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई घोराहीबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ । तर, पक्राउ परेका व्यक्तिको विवरण खुलाएको छैन । 

‘घटनामा संलग्न भएको व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘ती व्यक्तिले सुनचाँदी पसललाई फोन गर्दै आफूलाई धेरै सुन चाहिएको भनेको खुलेको छ ।’

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully