रेसुंगामा 'मिसन रोजगारी'

रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले रोजगारी सिर्जना गर्नुपर्छ भन्ने सबैको साझा उद्देश्य र बुझाइका कारण 'मिसन रोजगारी' कार्यक्रम शुभारम्भ गरेको बताए ।

मंसिर १७, २०८२

सन्तोष महतारा

'Mission Employment' in Resunga

What you should know

गुल्मी — युवाहरूको वैदेशिक पलायन र उद्यमीबीचमै पलायन हुने अवस्थाको अन्त्य गर्न 'मिसन रोजगारी' कार्यक्रम प्रारम्भ गरिएको छ । रेसुंगा नगरपालिकामा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धनका लागि महिला उद्यमी र युवा उद्यमीलाई प्राथमिकता दिँदै बुधबारबाट यो कार्यक्रम शुभारम्भ भएको हो ।

दायित्वको सहकार्यमा १ सय ८० दिनको परिणाम प्राप्त गरिसक्ने गरी 'मिसन रोजगारी' तीन चरणमा संचालन गर्ने दायित्वका तर्फबाट कार्यक्रम संयोजक संजय पोखरेलले बताए ।

मंसिर १७ गतदेखि आवेदन आह्वान गरिएको छ । जसमध्ये ४० व्यावसायिक फर्म लाभान्वित हुनेछन् । ४० उद्यमीलाई सक्षमीकरण, त्यसैबाट छनोट २० उद्यमीलाई स्तरीकरण र त्यसैबाट छनोट १० उद्यमीलाई स्तरोन्नति गरिनेछ । उनीहरूलाई तालिम, ज्ञान, सीप र प्रविधि हस्तान्तरण गरिनेछ । जसबाट उद्यमीलाई अनुदानको भर मात्रै होइन, आफैं लगानी गर्न सक्ने खाले बनाउने योजना छ ।

दायित्वले पूरक साझेदारी गरी लगानी, उत्पादन, बजारीकरण र परिणाम लिनेगरी रोजगारी वृद्धि गर्न सहयोग गर्नेछ । प्रतिस्पर्धात्मक उद्यमी तयार गर्न 'मिसन रोजगारी' १८० दिन चल्नेछ । बुधबारदेखि सुरु यो कार्यक्रममा अब गाउँगाउँका उद्यमीसँग भेटेरै कार्यक्रम हुनेछ ।

रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले रोजगारी सिर्जना गर्नुपर्छ भन्ने सबैको साझा उद्देश्य र बुझाइका कारण 'मिसन रोजगारी' कार्यक्रम शुभारम्भ गरेको बताए ।

'युवा पलायन बढिरहेको छ, उद्यम सुरु गरेका उद्यमी पनि बीचमै पलायन हुने अवस्था छ,' उनले भने, 'उद्यमीलाई साथ दिएर रोजगारी वृद्धि गर्न हामीले मिसन रोजगारी भित्र्याएका हौं ।' सबै उद्यमीलाई छुट्टाछुट्टै आवश्यकताअनुसार सहयोग गरेर रोजगारी बढाउने पनि नगर प्रमुख पन्थीले बताए ।

सन्तोष

Link copied successfully