विद्युत् सर्ट भई घरमा आगलागी

स्थानीय लोकेन्द्र चौधरीको खर र जस्तापाताले छाएको भूइँतले कच्ची घरमा विद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय,बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए ।

मंसिर १७, २०८२

कमल पन्थी

House fire due to electrical short circuit

बर्दिया — गुलरिया नगरपालिका–५ वालापुरमा बुधबार दिउँसो आगलागी हुँदा एक घर जलेर क्षति भएको छ ।

स्थानीय लोकेन्द्र चौधरीको खर र जस्तापाताले छाएको भूइँतले कच्ची घरमा विद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय,बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए । 

स्थानीय, गुलरिया नगरको दमकल, प्रहरी लगायतको सहयोगमा आगो नियन्त्रणमा आएको छ । आगोबाट घरमा रहेको अन्नपात, लत्ता कपडा र काठ पूर्णरुपमा क्षति भएको प्रहरी निरीक्षक कार्कीले जनाए । घटनास्थल गुलरियाबाट करिब ५ किमि उत्तरपूर्वमा पर्छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully