ब्राउन सुगरसहित एक जना पक्राउ

१ ग्राम ४० मिलिग्राम ब्राउन सुगर बरामद

मंसिर १६, २०८२

कमल पन्थी

One arrested with brown sugar

बर्दिया — प्रहरीले गुलरिया नगरपालिका-१ सेलटाडीगाउँबाट एक युवकलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय,बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले २२ वर्षीय सुरज थारुलाई चेक गर्दा ब्राउन सुगर भेटिएको हो ।

थारुले लुकाइछिपाई राखेको कालो र निलो प्लास्टिक २ थान पुडियामा १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर बरामद भएको हो ।  उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय,ढोढरीमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully