भरुवा बन्दुक बरामद

बौघागुम्हा केरवादीका ६४ वर्षीय शालिकराम रेश्मीको घरबाट अवैध हतियार (भरुवा बन्दुक) फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए ।

मंसिर १४, २०८२

माधव अर्याल

Loaded gun recovered

पाल्पा — घरमा लुकाई राखेको अवस्थामा प्रहरीले तानसेन नगरपालिका–१३, बौघागुम्हाबाट भरुवा बन्दुक बरामद गरेको छ । 

प्रहरीलाई प्राप्त सूचनाका आधारमा खानतलासी गर्दा बौघागुम्हा केरवादीका ६४ वर्षीय शालिकराम रेश्मीको घरबाट अवैध हतियार (भरुवा बन्दुक) फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए ।

प्रहरीलाई प्राप्त गोप्य सूचनाको आधारमा जिल्लाबाट प्रहरी निरीक्षकसहितको प्रहरी टोली खटिई रेश्मीको घरकोठा रितपूर्वक खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा अवैध एक नाले भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ । 

रेश्मीसमेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully