बर्दियामा चितुवाको आक्रमणबाट एकको मृत्यु, दुई जना घाइते

शुक्रबार दिउँसो घाँस काट्ने क्रममा काला बेलभार सामुदायिक वनमा चितुवाले आक्रमण गर्दा ५९ वर्षीय गोपी थारुको मृत्यु भएको हाे ।

मंसिर १२, २०८२

कमल पन्थी

One killed, two injured in leopard attack in Bardiya

बर्दिया — चितुवाको आक्रमणमा बारबर्दिया नगरपालिका–११ मा शुक्रबार एक जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो घाँस काट्ने क्रममा काला बेलभार सामुदायिक वनमा चितुवाले आक्रमण गर्दा ५९ वर्षीय गोपी थारुको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत गोपाल चौधरीले बताए । 

चितुवाले आक्रमणबाट जोगिन भाग्ने क्रममा स्थानीय दुई महिला घाइते भएका छन् । भाग्ने क्रममा घाइते भएका सोही ठाउँकी ईन्दिरा र मनिषा दहितको नगर अस्पताल बारबर्दियामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए ।

चितुवालाई नियन्त्रणमा लिन खोर (केज) सहित प्रहरी, वनकर्मी पठाएको वरिष्ठ वन अधिकृत चौधरीले बताए ।  

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully