बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

बिहान लुम्बिनीको पर्सा चाेकमा भेला भएर आसपास सरसफाइ गरिएको हाे ।

मंसिर १२, २०८२

दीपेन्द्र बडुवाल

Buddhist University cleans Lumbini

भैरहवा — लुम्बिनी बाैद्व विश्वविद्यालयले आफ्नोे २१ औं वार्षिकोत्सवकाे अवसरमा शुक्रबार लुम्बिनी क्षेत्रमा सरसफाई गरेकाे छ ।

बिहान लुम्बिनीको पर्सा चाेकमा भेला भएर आसपास सरसफाई गरिएको हाे ।

विश्वविद्यालय अन्तर्गत बाैद्व अध्याय संकायकाे संयाेजनमा गरिएको कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, केन्द्रीय क्याम्पसका शिक्षक, कर्मचारी, समुदाय-साझेदारी प्रहरी, लुम्बिनी बचाउ महाअभियान, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कर्मचारी, सशस्त्र प्रहरी र स्थानीय सहभागी थिए ।

सफाई कार्यक्रमकाे सुरुवात गर्दै विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा‍. सुवर्णलाल बज्राचार्यले वर्षमा एक दिन सफाई कार्यक्रम गरेर समाजमा सुधार नहुने बताए । 'हरेक दिन फाेहाेर गर्ने, तर एक सफाई गरेर हुँदैन,' उनले भने, 'कुनै उत्सवमा गरिने सफाई कार्यक्रमकाे परम्परा ताेडेर दैनिक गर्नुपर्छ ।'

अहिले लुम्बिनी क्षेत्रमा रुखकाे कमी देखिएकाले विश्व विद्यालयले बृक्षाराेपण कार्यक्रममा ध्यान दिनुपर्ने बताए । शुक्रबार बिहान एक घण्टा सफाई कार्यक्रम गरिएको थियाे । सहभागीले पर्सा चाेकदेखि विश्वविद्यालयसम्म सफाई गरेका थिए । 

दीपेन्द्र

Link copied successfully