रामग्राम स्तुप हेर्न १० महिनामा १५ हजार बिदेशी पुगे

बौद्धमार्गीको लागि महत्त्वपूर्ण धार्मिकस्थल मानिने स्तुपमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ ।

मंसिर ९, २०८२

नवीन पौडेल

15,000 foreigners visited Ramgram Stupa in 10 months

परासी — गाैतम बुद्धको अस्तुधातु रहेको पश्चिम नवलपरासीस्थित रामग्राम स्तुपमा गएकाे १० महिनामा १५ हजार ३८ जना बिदेशी पर्यटकले भ्रमण गरेका छन् ।

बौद्धमार्गीको लागि महत्त्वपूर्ण धार्मिकस्थल मानिने स्तुपमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ ।

सन् २०२५ जनवरीदेखि अक्टोबरसम्म सबैभन्दा बढी थाइल्यान्डबाट ६ हजार ६ सय ६८ र सबैभन्दा कम फ्रान्सबाट १ जनाले भ्रमण गरेको रामग्राम विकास परिषद्ले जनएको छ ।

याे अबधिमा बौद्धमार्गीको बाहुल्यता रहेको मुलुक चीनबाट २ हजार ३ सय २७, म्यानमारबाट १ हजार २ सय ६०, भियतनामबाट १ हजार २ सय १४, दक्षिण कोरियाबाट ७ सय ९६ ,  भुटानबाट ३ सय ५८ धार्मिक पर्यटक आएका छन् ।

सन् २०२५ जनवरीबाट ऐतिहासिक रामग्राम स्तुपमा आउने बह्य पर्यटकको तथ्यांक राख्न सुरु गरिएको रामग्राम नगरपालिका प्रमुख एवम् रामग्राम विकास परिषद्का अध्यक्ष धनपत यादवले बताए ।  

नगरपालिकाले स्तुपाको प्रचारप्रसार र विकास निर्माणको योजना बनाउन परिषद् गठन गरेर पछि पर्यटकीय गतिविधि पनि बढेको यादवले बताए ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully