गृहमन्त्री ओमप्रकाश अर्यालसँगै गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि लुम्बिनीको भ्रमण गरेका हुन् ।
लुम्बिनी — गृहमन्त्री ओमप्रकाश अर्यालले बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन् । उनले लुम्बिनीस्थित मायादेवी मन्दिर, अशोक स्तम्भ र पुष्करणी पोखरीको अवलोकन र निरीक्षण गरेका हुन् ।
गृहमन्त्री अर्याललाई लुम्बिनी विकास गुरुयोजना, लुम्बिनीमा भएको उत्खनन र संरक्षण प्रयास तथा लुम्बिनीको पुरातात्विक तथा ऐतिहासिक महत्त्वबारे लुम्बिनी विकास कोषका कामु सदस्य–सचिव ज्ञानीन राईले जानकारी दिएका थिए ।
गृहमन्त्री अर्यालसँगै गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि लुम्बिनीको भ्रमण गरेका थिए ।
