लागुऔषध र गाँजासहित महिला पक्राउ

देवचुली नगरपालिका-६ मुन्डेबाट ४२ वर्षीया फूलमाया सुनारीलाई ३ प्रकारका प्रतिबन्धित ३ हजार ट्याब्लेट लागुऔषध र गाँजा १ किलोसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए ।

मंसिर ७, २०८२

नवीन पौडेल

Woman arrested with drugs and marijuana

नवलपुर — पूर्वी नवलपरासीको देवचुलीबाट लागुऔषधसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

देवचुली नगरपालिका-६ मुन्डेबाट ४२ वर्षीया फूलमाया सुनारीलाई ३ प्रकारका प्रतिबन्धित ३ हजार ट्याब्लेट लागुऔषध र गाँजा १ किलोसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए । 

सुराकीको आधारमा प्रहरीले छापा मारेर सुनारीको घरमा लुकाइछिपाइराखेको अवस्थामा लागुपदार्थ बरामद गरेको थियो । 

पक्राउ परेकी सुनारीलाई जिल्ला अदालत नवलपुरबाट सात दिनको म्याद थपेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully