एक्स्काभेटर बिग्रिँदा दाउन्नेमा सडक अवरुद्ध

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-२ पैंसट्ठी मोडमा एक्स्काभेटर बिग्रिँदा दुईतर्फी सडक अवरुद्ध भएको हो ।

मंसिर ७, २०८२

नवीन पौडेल

Road blocked in Daunne due to excavator breakdown

परासी — विस्तारका क्रममा रहेको नारायणगढ-बुटवल सडकखण्ड अन्तर्गत दाउन्नेमा सडक अवरुद्ध भएको छ ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-२ पैंसट्ठी मोडमा सडक विस्तार कार्यमा प्रयोग भएको आरईई ३३ नम्बरको एक्स्काभेटर बिग्रिँदा दुईतर्फी सडक अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार बिग्रिएको एक्स्काभेटर हटाउनने प्रयास भइरहेको छ । ठूलो उपकरण भएकाले सडकबाट हटाउन कठिन हुने हुँदा डोजर प्रयोग गरेर अवरोध हटाउने काम भइरहेको छ । 

सडक अवरुद्ध हुँदा सयौं सवारीसाधन दाउन्नेमा रोकिएका छन् । सडक विस्तार क्रममा यस खण्डमा सडक चिप्लो, खाडल तथा भारी सवारीसाधन फस्ने समस्याले हरेक दिन यातायात सञ्चालनमा समस्या आउने गरेको छ । प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको छ ।

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully