लुम्बिनी होटल संघको अध्यक्षमा शर्मा

अधिवेशनले शर्माको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

मंसिर ६, २०८२

मनोज पौडेल

Sharma elected president of Lumbini Hotel Association

लुम्बिनी — लुम्बिनी होटल संघको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा लिलामणि शर्मा चयन भएका छन् ।

शनिबार भएको अधिवेशनले शर्माको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

संघका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवमा क्रमशः शेखर कार्की, भूपेन्द्र गुरुङ र टीकाकुमारी कट्टेल चयन भएका छन् । त्यस्तै सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः एकराज कण्डेल, दीपक पंगेनी र धीरज भण्डारी चयन भएका छन् । सदस्यमा पद्मा काफ्ले न्यौपाने, प्रजुल कार्की क्षेत्री, दीपेन्द्रलाल बनिया, अशोककुमार गुप्ता, किशोर यादव, अनिलकुमार गुप्ता, रोजन शाक्य र जनकबहादुर सोमईमगर रहेका छन् । 

लुम्बिनीस्थित कासाई होटलमा भएको अधिवेशनको उद्घाटन लुम्बिनी प्रदेश युव तथा खेलकुदमन्त्री सन्तोष पाण्डेले गरेका थिए ।

नयाँ योजना र रणनीति बनाएर काम गरेर शान्तिका लगि घुम्न जाऔं लुम्बिनी अभियान चलाएर पर्यटन प्रवर्धन र व्यवसायीका हितमा काम गर्ने अभियान थाल्ने अध्यक्ष शर्माले बताए ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully