ऐरावती–१ दाङवाङमा भारतीय दुतावासको ३ करोड ३९ लाख २२ हजार रुपैयाँको लागतमा दुई वटा दुई तले भवन निर्माण गरिएको हो ।
प्यूठान — भारतीय दुतावासको सहयोगमा ऐरावती गाउँपालिकामा विद्यालय भवन र छात्रावास निर्माण भएको छ ।
ऐरावती–१ दाङवाङमा भारतीय दुतावासको ३ करोड ३९ लाख २२ हजार रुपैयाँको लागतमा दुई वटा दुई तले भवन निर्माण गरिएको हो ।
१२ कोठे कक्षाकोठा भवन र कार्यालय तथा ८ कोठे छात्राबास निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष नविलबिक्रम शाहले बताए । दुतावासको ८० प्रतिशत र गाउँपालिकाको २० प्रतिशत लागत साझेदारीमा भवन निर्माण गरिएको अध्यक्ष शाहले बताए । नवनिर्मित भवनको भारतीय दुतावासकी काउन्सिलर गिताञ्जली ब्रैडनले उद्घाटन गरिन् ।
भारतले स्वतन्त्रता दिवस तथा गणतन्त्र दिवसको अवसर पारेर दुतावास मार्फत शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको दुतावासकी काउन्सिलर ब्रैंडनले बताइन् । उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना एचएसईबी अर्न्तगतको विद्यालय भवन निर्माण भएको बताइन् । परियोजनाले स्वास्थ्य, शिक्षा, खानेपानी, नदी नियन्त्रणलगायतका क्षेत्रमा काम भइरहेको काउन्सिलर ब्रैडनले बताइन् ।
विद्यालय भवन निर्माण भएसँगै यस क्षेत्रका करिब ४ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित भएका छन् । दाङवाङमा सुविधा सम्पन्न भवन र छात्राबास निर्माणले शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने प्रध्यानाध्यापक प्रधानाध्यापक तुल्सीराम आचार्यले बताए ।
