जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

बिकलाई सोमबार बिहान ३ बजे गुल्मी अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । गएराति १० बजेको समयमा यो घटना भएको थियो ।

मंसिर १, २०८२

सन्तोष महतारा

One person dies after zinc sheet falls from jeep roof

What you should know

गुल्मी — जीपको छतबाट जस्तापाता खसेर लाग्दा गाडीमा सवार एक जना यात्रुको मृत्यु भएको छ । तम्घासबाट निस्ती जाँदै गरेको ग ३ च ४२६० नम्बरको डबल क्याप जीप मुसिकोट नगरपालिका-२ ठाँटी निस्तीमा उकालो बाटोमा जाँदै गर्दा छतमा राखिएको जस्तापाता खसेका थिए ।

जस्तापाताले टाउकोमा लागेर अचेत अवस्थामा रहेका सवार यात्रु  सोही ठाउँका ४९ वर्षीय मीनबहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

बिकलाई सोमबार बिहान ३ बजे गुल्मी अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । गएराति १० बजेको समयमा यो घटना भएको थियो । गाडी र गाडी चालक प्रहरी नियन्त्रणमा छन् । घटना सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जीपको छतमा जस्तापाता राखिएका थिए । दुई जना यात्रु गाडीको पछाडि (समान राख्ने ठाउँ) मा बसेका थिए । जसमध्ये मीनबहादुरको टाउकोमा जस्तापाता बज्रिएका थिए । घटनास्थलमै अचेत उनको उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको थियो । 

सन्तोष महतारा

Link copied successfully