नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोग अध्यक्षमा शर्मा

दाङको तुलसीपुर निवासी शर्मालाई आयोगको अध्यक्षमा ३ वर्षका लागि सरकारले नियुक्त गरेको हो ।

कार्तिक २५, २०८२

दुर्गालाल केसी

Sharma appointed as Nepal Sanskrit University Service Commission Chairman

दाङ — प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्राडा भागवतप्रसाद शर्मालाई नियुक्त गरेकी छिन् ।

नेपाल संस्कृत विश्वविद्यालय ऐन २०४३ को दफा ९ क को उपदफा (२) अनुसार सोमबार दाङको तुलसीपुर उपमहानगरपालिका-१८, हेमन्तपुर निवासी शर्मालाई आयोगको अध्यक्षमा ३ वर्षका लागि नियुक्त गरेको  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । शर्माले यसअघि विश्वविद्यालयको शिक्षाध्यक्ष रही कार्यसम्पादन गरिसकेका छन् ।

यसैगरी प्रधानमन्त्री कार्कीले विश्वविद्यालयको सोही नियमअनुसार सेवा आयोगको सदस्यमा फुङलिङ-३, ताप्लेजुङका प्राडा रमेश घिमिरेलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully