मोहनलाई गुल्मीको लोक दोहोरी हाँक्ने जिम्मेवारी

अध्यक्षमा निर्वाचित मोहन बस्नेतले गुल्मीमा हुँदै आएको तर बीचमा रोकिएको गुल्मी लोक तारा सञ्चालन गरेर नयाँ प्रतिभा बाहिर ल्याउने बताए ।

कार्तिक २३, २०८२

सन्तोष महतारा

Mohan is responsible for leading Gulmi's folk choir.

गुल्मी — राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति गुल्मीको अध्यक्षमा मोहन बस्नेत निर्वाचित भएका छन् । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका बस्नेतको नेतृत्वमा कार्यसमिति चयन भएको निर्वाचन अधिकृत भीम न्यौपानेले जानकारी दिए ।

अध्यक्षमा बस्नेतसहित वरिष्ठ उपाध्यक्ष श्रीधर पोखरेल, उपाध्यक्ष गणेश अधिकारी, महिला उपाध्यक्ष लालुमाया कुँवर, सचिव लोकेन्द्र कुँवर, सह–सचिव अनिल खत्री, कोषाध्यक्ष हरि खत्री, सह–कोषाध्यक्ष हुमाकान्त पोखरेल र सदस्यहरूमा दयासागर पन्थी, सुमन पन्थी, बाबुराम पाण्डे, हिमाल कुँवर, अमृता सेन्चुरी, सविता मरासिनी, वासुदेव पोखरेल, सरी पोखरेल, रेखा कुमाल, धनेन्द्र खत्री, गगन सिंह सिंजाली र पुष्कर पोख्रेल निर्वाचित भएका छन् ।

जिल्ला कार्यसमिति गुल्मीको आठौं अधिवेशन शनिबार तम्घास लाकुरीमञ्चमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपाध्यक्ष कलाकार पुष्कल शर्माको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको थियो । उद्घाटन सत्र समापनपछि लगत्तै बन्द सत्रको कार्यक्रम शुभारम्भ भएको थियो ।

उद्घाटन सत्रमा उत्कृष्ट पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ गुल्मीका निवर्तमान अध्यक्ष टोपलाल अर्याल र उत्कृष्ट सदस्य पुरस्कारबाट कलाकार हिमाल कुँवर सम्मानित भएका थिए ।

अध्यक्षमा निर्वाचित मोहन बस्नेतले गुल्मीमा हुँदै आएको तर बीचमा रोकिएको गुल्मी लोक तारा सञ्चालन गरेर नयाँ प्रतिभा बाहिर ल्याउने बताए । उनले गुल्मीका प्रतिभा बाहिर ल्याउने जिम्मेवारी आफूहरूको भएको र यस विधामा सिकाइका माध्यमलाई पनि थप बृहत् बनाएर लैजाने प्रतिबद्धता पनि जनाएका छन् ।

सन्तोष महतारा

Link copied successfully