राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाको अध्यक्षमा कार्की

नवनिर्वाचित अध्यक्ष कार्कीले मौलिक संस्कृति र लोक परम्पराको जगेर्नाका लागि प्रतिष्ठान सधै तत्पर रहेको बताएका छन् ।

कार्तिक २३, २०८२

माधव अर्याल

Karki elected as chairman of National Folk and Couplet Song Foundation, Palpa

पाल्पा — राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाको अध्यक्षमा रुपेश कार्की निर्वाचित भएका छन् । शाखाको २३ औं साधारणसभा तथा नवौं अधिवेशनबाट प्रथम उपाध्यक्षमा दीपक केसी, द्वितीय उपाध्यक्षमा गणेश न्यौपाने, महिला उपाध्यक्षमा धनीसरा खाम्चा, सचिवमा रामकृष्ण थापा, कोषाध्यक्षमा मेघराज बस्याल, सहसचिवमा सुमितकुमार घिमिरे र सहकोषाध्यक्षमा रूपा थापा निर्वाचित भए । 

निर्वाचन अधिकृत शिव देवकोटाका अनुसार सदस्यहरूमा बिजय बमरेल, भरत खड्की, ममता कोइराला, जनकराज अर्याल, कृष्ण थापा, गोविन्द थापा, अनिता ज्ञवाली, महादेव विश्वकर्मा, सिमा सारु, ऐशोरा कार्की, निरु सुनार, विष्णु कोइराला, सुरेश रायमाझी र चोपीकुमारी गाहा निर्वाचित भए । अधिवेशनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वकेन्द्रीय अध्यक्ष बद्री पंगेनीले लोक तथा दोहोरी गीत नेपाली संस्कृतिको जग भएको बताए । 

मुलुकको पहिचान र मौलिकता जोगाउने काम गरिरहेको र आगामी दिनमा पनि गर्नुपर्नेमा उनले जोड दिए । लुम्बिनी प्रदेश प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष दामोदर बस्याल, प्रदेश सचिव रेखा विष्ट लगायतले लोक तथा दोहोरी गीत केवल मनोरञ्जनको माध्यम नभई राष्ट्रिय एकता र सांस्कृतिक पहिचानको महत्वपूर्ण हिस्सा भएको बताए ।

लोक तथा दोहोरी गीतको संरक्षण, प्रवर्द्धन र संस्थागत विकासका लागि योजनाबद्ध कार्यक्रम सञ्चालन गर्ने गरी काम गर्न निवर्तमान अध्यक्ष कमल भट्टराईको सुभाव छ । नवनिर्वाचित अध्यक्ष कार्कीले मौलिक संस्कृति र लोक परम्पराको जगेर्नाका लागि प्रतिष्ठान सधै तत्पर रहेको बताए । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully