अधिकांश पदमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित गरिएको निर्वाचन समितिका सदस्य रामप्रसाद आचार्यले बताए ।
What you should know
बुटवल — रूपन्देही उद्योग संघको नयाँ नेतृत्वका सबै पदमा निर्विरोध निर्वाचित भएका छन् । संघको २४औं अधिवेशन शनिबार हुँदैछ ।बिहीबार भएको मनोनयनमा अधिकांश पदमा एकल उम्मेदवारी परेपछि शुक्रबार नै निर्विरोध निर्वाचित गरिएको निर्वाचन समितिका सदस्य रामप्रसाद आचार्यले बताए ।
दोहोरो उम्मेदवारी परेका केही पदमा शुक्रबार उम्मेदवारी फिर्ता लिने समय अगावै उम्मेदवारले दाबी फिर्ता लिएपछि निर्विरोध घोषणा गरिएको हो ।
संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली, वरिष्ठ उपाध्यक्षमा जीवकान्त काफ्ले, प्रथम उपाध्यक्षमा हरिबहादुर खत्री, द्वितीय उपाध्यक्षमा युवराज आचार्य, महासचिवमा सुमन बस्याल, कोषाध्यक्षमा विशाल बेलवासे, सचिवमा अशोक कुँवर र सहकोषाध्यक्षमा राजु घिमिरे निर्वाचित भएका छन् । पदाधिकारीको सचिव (महिला) पद भने खाली छ । सो पदमा शारदा रेग्मी (भट्टराई) को उम्मेदवारी परे पनि उनले शुक्रबार उम्मेदवारी फिर्ता लिएपछि पद नै खाली भएको हो ।
त्यस्तै सदस्यमा आजीवनतर्फ इञ्जिनियर किरण खरेल, एसोसिएटतर्फ अखिलेश गुप्ता कसौधन, संस्थागतमा तेजप्रसाद पराजुली निर्वाचित भएका छन् । खुला सदस्य ६ जनामा रमेशप्रसाद आचार्य, लालप्रसाद बस्याल, काशीनाथ खनाल, मेघबहादुर घिमिरे, अनिशकुमार कसौधन र थानेश्वर पाण्डे निर्वाचित भएका छन् ।
त्यस्तै दुई महिला सदस्य पदमा पार्वती गिरी र दिलु शाही, सदस्य (बुटवल औद्योगिक क्षेत्र) मा प्रज्ज्वल थान्जु, बुटवल उपमहानगरपालिकातर्फ दुई जनामा नारायणप्रसाद खनाल र डिल्लीनारायण पाण्डे, सदस्य (तिलोत्तमा र ओमसतिया) तर्फ दुई जनामा घनश्याम पौडेल शर्मा र शतिश सापकोटा, सदस्य (देवदह नगरपालिका, रोहिणी गाउँपालिका) मा चक्रपाणी तिवारी, सदस्य (सैनामैना नगरपालिका, कञ्चन र गैडहवा गाउँपालिका) तर्फ कृष्णप्रसाद पोखरेल, सदस्य (शुद्धोधन र सियारी गाउँपालिका) बाट टंकनारायण आचार्य निर्वाचित भएका छन् ।
सिद्धार्थनगर नगरपालिका र मायादेवी गाउँपालिकाबाट एक जना, लुम्बिनी सांस्कृतिक नगरपालिका, कोटहीमाई, समरीमाई र मर्चवारी गाउँपालिकाबाट एक जना निर्वाचित हुने भए पनि कसैको उम्मेदवारी नपरेकाले ती पद खाली रहेको निर्वाचन समितिले जनाएको छ ।
३३ सदस्यीय कार्यसमिति रहने संघमा ३१ जना अधिवेशनबाट निर्वाचित हुने र दुई जना अध्यक्षले मनोनीत गर्ने प्रावधान छ । खाली रहेका पदहरूमा समितिको पहिलो बैठकबाट मनोनीत गर्ने तयारी भएको छ । निर्वाचित पदाधिकारी र सदस्यहरूको सपथ ग्रहण शनिबार हुने समितिले जनाएको छ ।
