अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने तीन ट्याक्टर नियन्त्रणमा

इलाका प्रहरी कार्यालय खिलतपुरले अनटेष्ट लेखेको एक र इलाका प्रहरी कार्यालय हापुरेले रा १ त २८१५ र रा १ त ४४८३ नम्बरका दुई ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए ।

कार्तिक २०, २०८२

दुर्गालाल केसी

Three tractors seized for illegal river mining

दाङ — अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरेको आरोपमा प्रहरीले तीनवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । बबई गाउँपालिका–४ स्थित राजी खहरे खोलाबाट अवैध तरिकाले ढुङ्गा उत्खनन गरी ल्याइरहेको अवस्थामा प्रहरीले बिहीबार ती ट्याक्टर नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय खिलतपुरले अनटेष्ट लेखेको एक र इलाका प्रहरी कार्यालय हापुरेले रा १ त २८१५ र रा १ त ४४८३ नम्बरका दुई ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए ।

तीनै ट्याक्टरलाई बबई गाउँपालिकाको रोहबरमा प्रतिट्याक्टर १० हजारका दरले जरिवाना गरेर राजस्व सङ्कलन गरेको डीएसपी शाहले जानकारी दिए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully