सार्वजनिक पोखरीमा घोप्टो परेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तले बताए ।
परासी — पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ धरमबस्तीस्थित पोखरीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
सार्वजनिक पोखरीमा घोप्टो परेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तले बताए ।
अनुसन्धानको क्रममा मृतक व्यक्ति बर्दघाट–१४ गंगाबस्तीका ४२ वर्षीय छविलाल गुरुङ रहेको प्रहरीले जनाएको छ ।
शनिबारदेखि घरबाट हिँडेका उनको शव आइतबार बिहान फेला परेको स्थानीयहरूले बताएका छन् । घटना कसरी र किन घट्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।