कपिलवस्तुका ८ स्थानीय तहले दिए नहान मेलामा स्थानीय बिदा

कपिलवस्तुका शिवराज, महाराजगन्ज, कपिलवस्तु र कृष्णनगर नगरपालिकाले सूचना प्रकाशित गरी बुधबार स्थानीय बिदा दिएका हुन् ।

कार्तिक १८, २०८२

मनोज पौडेल

8 local levels of Kapilvastu grant local holidays for Nahan Fair

कपिलवस्तु — कार्तिक शुक्ल पूर्णिमाका दिन लाग्ने नहान मेलाका दिन जिल्लाका ८ स्थानीय तहले स्थानीय बिदा दिएका छन् । कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय र स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक)मा बुधबार स्थानीय बिदा दिइएको हो ।

जिल्लाको शिवराज, महाराजगन्ज, कपिलवस्तु र कृष्णनगर नगरपालिकाले सूचना प्रकाशित गरी स्थानीय बिदा दिएका हुन् । त्यस्तै यशोधरा, मायादेवी, शुद्धोधन र विजयनगर गाउँपालिकाले पनि स्थानीय बिदा दिएका छन् । 

जिल्लाको वाणगंगा नदीस्थित रामघाट र लक्ष्मणघाटमा ठूलो मेला लाग्ने गर्छ । त्यस्तै जिल्लाका विभिन्न नदी र घाटमा पनि मेला लाग्ने गर्छ । तराईमा नहान मेला विशेष उत्सवका रूपमा मनाइन्छ ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully