पाणिनिमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

दुर्घटनामा परी पाणिनि गाउँपालिका–४ निगाली बस्ने १८ वर्षीय चालक गौतम बिक र पछाडि बस्ने सोही गाउँका २४ वर्षीय सागर विकको मृत्यु भएको अर्घाखाँची प्रहरी प्रमुख दिवस जिसीले जानकारी दिए।

कार्तिक १७, २०८२

वीरेन्द्र केसी

Two killed in motorcycle accident in Panini

अर्घाखाँची — पाणिनि गाउँपालिका–३ निगाली गाउँबाट दुर्गाफाँटतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। ना ३६ प ३५०९ नम्बरको मोटरसाइकलमा चालकसहित तीन जना सवार थिए।

मृत्यु हुनेमा पाणिनि गाउँपालिका–४ निगाली बस्ने १८ वर्षीय चालक गौतम बिक र पछाडि बस्ने सोही गाउँका २४ वर्षीय सागर विक रहेको अर्घाखाँची प्रहरी प्रमुख दिवस जिसीले बताए।

गम्भीर घाइते उनीहरुलाई अर्घाखाँची अस्पताल ल्याइएको थियो। उपचारको क्रममा उनको निधन भएको हो। घटना साँझ ७ः४० बजे दुर्गाफाँटमा भएको हो। दुवै जनाको टाउकोमा चोट लागेको छ।

त्यस्तै मोटरसाइकलको पछाडि बसेका सोही ठाउँका २५ वर्षीय सन्तोष घर्ती गम्भीर घाइते भएका छन्। उनको थप उपचारका लागि गुल्मीको खज्याङस्थित निजी अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि पाल्पा रेफर गरिएको छ। उनको टाउकोमा चोट लागेको छ।

दुई जना चढ्ने मोटरसाइकलमा तीन जना सवार भएको र घटनाको थप अनुसन्धान भैरहेको जिसीले बताए।

वीरेन्द्र

Link copied successfully