जिल्ला टेक्नासाथ इन्स्पेक्टरलाई स्वागत थाप्न भ्याइ नभ्याइ

जिल्लामा भर्खर सरुवा भएर आएका इन्स्पेक्टरलाई स्वागत गरिएका फोटो कतिपय नगरपालिकाको आधिकारिक फेसबुक पेज, नगर प्रमुख/अध्यक्षको फेसबुक वाल र कतिपयले त रिल बनाएर पनि पोस्ट्याएका छन् ।

कार्तिक १७, २०८२

मनोज पौडेल

The inspector was rushed to the district headquarters to receive him.

कपिलवस्तु — जिल्लामा सरुवा भएर आएका प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई अहिले स्वागत थाप्न भ्याइ नभ्याइ छ । स्थानीय तह र निजी संघसंस्था धाउँदै दोसल्ला, खादा, फूल र डायरी लिन इन्स्पेक्टर तँछाडमछाड गरिरहेका छन् ।

शान्ति सुरक्षा सुदृढ गर्ने योजना बनाई कार्यान्वयन गर्नुपर्ने बेला नयाँ सरुवा भई आएका नेपाल प्रहरी र सशस्त्र प्रहरी निरीक्षक स्थानीय तह प्रमुख र अध्यक्षका कार्यकक्षमा पुग्दै स्वागत थाप्ने लहर चलेको हो । सशस्त्रका भन्दा नेपाल प्रहरीका इन्स्पेक्टर स्वागत थाप्न अगाडि देखिएका छन् । स्वागतका लागि प्रहरीको दौडधुप देख्दा स्थानीय स्तरमा निकै टीका–टिप्पणी पनि सुरु भएको छ ।

प्रहरी प्रधान कार्यालयले असोज २८ गते ६ सय ६५ इन्स्पेक्टरको सरुवा गरेपछि कपिलवस्तुमा पनि उनीहरू सरुवा भएका आएका हुन् । सबैभन्दा पहिले इप्रका, पिपराका निरीक्षक अर्जुन पौडेल वाणगंगा नगरपालिकामा स्वागत थाप्न पुगे । उनलाई नगर प्रमुख चक्रपाणी अर्यालले कार्तिक ११ गते आफ्नो कार्यकक्षमा स्वागत गरे । ५ दिन नपुग्दै फेरि उनै निरीक्षक पौडेल कार्तिक १६ मा उद्योग व्यापार संघ, जितपुरको स्वागत थाप्न पुगे ।

The inspector was rushed to the district headquarters to receive him.

वडा प्रहरी कार्यालय, चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जिल्लाका दुई ठूला नगरपालिकामा स्वागत थाप्न भ्याए । पहिले उनी कार्तिक ९ गते शिवराज नगरपालिकामा स्वागत थाप्न गए । त्यहा उनलाई नगर प्रमुख अजय थापाले स्वागत गरे । फेरि ४ दिन नुपग्दै १३ गते उनी महाराजगन्ज नगरपालिकामा स्वागत थाप्न पुगे । त्यहाँ उनलाई नगर प्रमुख अब्दुल कलामले स्वागत गरे । त्यही दिन महाराजगन्ज नगरपालिकामा सशस्त्रको सुरक्षा बेसका निरीक्षक गंगाराम भट्ट पनि स्वागत थाप्न पुगेका थिए । भट्ट पनि नयाँ सरुवा भई आएका इन्स्पेक्टर हुन् ।

The inspector was rushed to the district headquarters to receive him.

उता इप्रका गणेशपुरका प्रहरी निरीक्षक महेशकुमार आचार्य र इप्रका सुन्दरी डाँडाका प्रहरी निरीक्षक आदर्श गिरी पनि एकै समयमा विजयनगर गाउँपलिकामा स्वागत थाप्न पुगे । दुवै जना कार्तिक १४ गते गाउँपालिका पुगेपछि अध्यक्ष गोपाल थापा र उपाध्यक्ष लक्ष्मी चौधरीले स्वागत गरेका थिए । त्यसको एक दिनअघि विजयनगर गाउँपालिकामा सशस्त्रको बीओपी डालपुरका निरीक्षक सीताराम श्रेष्ठ पनि स्वागत थाप्न पुगेका थिए । 

The inspector was rushed to the district headquarters to receive him.

जिल्लामा भर्खर सरुवा भएर आएका इन्स्पेक्टरलाई स्वागत गरिएका फोटो कतिपय नगरपालिकाको आधिकारिक फेसबुक पेज, नगर प्रमुख/अध्यक्षको फेसबुक वाल र कतिपयले त रिल बनाएर पनि पोस्ट्याएका छन् । कतिपय स्थानीय तहका प्रमुख/अध्यक्षले स्वागतको समाचार बनाउन आफ्ना अनुकूलका पत्रकारलाई फोटो र समाचार पनि पठाएका थिए  । 

The inspector was rushed to the district headquarters to receive him.

शान्ति सुरक्षाका विषयमा वस्तुस्थिति बुझेर योजना बनाई लागू गर्नुपर्ने बेला स्वागत थाप्न/बिदाइ गर्न हानथाप गर्ने कामले समाजमा नराम्रो सन्देश गइरहेको नागरिक समाज अध्यक्ष अर्जुन पोखरेलले बताए । ‘अलि बढी नै भएजस्तो देखिन्छ,’ उनले भने, ‘यस्तो कामदेखि सुरक्षाकर्मी टाढै बसेर मर्यादा कायम राख्नु पर्छ । यस्तो कामले प्रश्रय पाउँदा कन्फिल्क्ट अफ इन्ट्रेस्ट देखिन्छ ।’ 

The inspector was rushed to the district headquarters to receive him. 

प्रहरी पालिकाको स्वागत सम्मानका पछि लाग्नुभन्दा जनतासँग भावनात्मक सम्बन्ध गाँसेर अपनत्व लिन सक्नु नै ठूलो सम्मान हुने अधिकारकर्मी रवि ठाकुरले बताए । ‘जनतासँग प्रहरीको अपनत्व नहुँदा भदौ २३ र २४ मा जेनजी आन्दोलन र प्रदर्शनका बेला प्रहरीमाथिको ठूलो आक्रमण देखियो,’ उनले भने, ‘अब प्रहरी मेरो साथी भन्ने नारालाई साँच्चिकै अनुसरण गर्नुपर्ने बेला आएको छ ।’

The inspector was rushed to the district headquarters to receive him.

जेन–जी आन्दोलनका बेला कपिलवस्तु कारागारबाट भागेका मध्ये १ सय ३४ जना कैदीबन्दी अझै फरार छन् । ‘फागुन २१ गते तोकिएको निर्वाचन उनीहरूकै कारण सुरक्षामा चुनौती थपिएको छ । फरार कैदीबन्दीलाई पक्राउ गर्ने र निर्वाचनको वातावरण बनाउन लाग्नुपर्ने बेला स्वागत सम्मान थाप्न हुल बाँधेर जानुले राम्रो सन्देश गएको छैन,’ नागरिक समाजका एक सदस्यले भने ।

स्थानीय सरकारका प्रमुखले बोलाएपछि गएर शिष्टाचार कायम गर्नु सामान्य कुरा भएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक सन्तोष आचार्यले बताए । ‘बोलाएको ठाउँमा आउन्न भन्न मिल्दैन,’ उनले भने, ‘स्वागतलाई पीआर मेन्टेनका रूपमा लिएका छौं ।’

मनोज पौडेल

Link copied successfully