४ वर्षमा बर्दियामा ६ वटा पाटे बाघको मृत्यु

पछिल्लो पटक सन् २०२२ मा बर्दियामा गणना हुँदा १ सय २५ बाघ वटा थियो ।

कार्तिक १७, २०८२

कमल पन्थी

6 leopards die in Bardiya in 4 years

बर्दिया — चार वर्ष यता बर्दिया राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले ६ वटा पाटे बाघको मृत्यु भएको छ । तीमध्ये ३ भाले,२ पोथी र १ डमरु रहेको बर्दिया निकुञ्जका सूचना अधिकारी वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले जनाए ।

पछिल्लो पटक सन् २०२२ मा बर्दियामा गणना हुँदा १ सय २५ बाघ वटा थियो । बर्दिया निकुञ्जमा डेढ दश यता चोरी सिकारीबाट बाघ र गैंडा मारिएका छैनन् ।

यस वर्ष पुस ७ गतेदेखि बाघ गणना हुँदै छ । बर्दिया निकुञ्जमा बाघको संख्या बढेको अनुमान गरिएको छ । निकुञ्जका सूचना अधिकारी पौडेलले बाघको संख्या बढेको अनुमान गरिएको बताए ।

बर्दिया निकुञ्जमा बाघ सहजै हेर्न सकिने भन्दै पर्यटकका लागि प्रमुख गन्तव्य बनेको छ । बाघको गणना पुसबाट हुने र गैंडा गणना चैतबाट हुने छ । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully