रोहिणीका ५ सय ५० स्थानीयलाई लालपुर्जा वितरण

जग्गाधनी प्रमाणपुर्जा क्रमश: सबै वडामा वितरण गरिने नापी कार्यालय रूपन्देहीका प्रमुख नापी अधिकृत मणिप्रसाद रेग्मीले बताए ।

कार्तिक १६, २०८२

कान्तिपुर संवाददाता

Red certificates distributed to 550 locals of Rohini

तिलोत्तमा — रूपन्देहीको रोहिणी गाउँपालिकाका स्थानीयलाई लालपुर्जा वितरण गरिएको छ । पालिकाको वडा नम्बर ६ मा आइतबार एक  कार्यक्रमका बीच ५ सय ५० जना स्थानीयलाई  पुर्जा वितरण गरिएको हो ।

स्थानीयसँग पुर्जा प्रमाण नहुँदा समस्या भएको पालिकाका अध्यक्ष  विद्याप्रसाद यादवले बताए । उनले नागरिकले आफ्नो जग्गा हो भन्न पाउनु नै उनीहरूका लागि खुसीको विषय भएको बताए । 

'गत वर्ष ४ सय ५० जनालाई बाँडेका थियौं,' उनले भने, 'यसपटक ठूलो प्रयासपछि स्थानीयले जग्गाधनी पुर्जा पाए । यसले उनीहरूका सन्ततिलाई समेत सहज हुनेछ ।'

नापी कार्यालय रूपन्देहीका प्रमुख नापी अधिकृत  मणिप्रसाद रेग्मीले जग्गाधनी प्रमाणपुर्जा क्रमश: सबै वडामा वितरण गरिने बताए । उनले नागरिकले आफ्नो भनेर जोतभोग गरिरहेको जमिन कानुनत: आफ्नो बनाउन पाउँदा उनीहरूमा देखिने खुसीले सकारात्मक भाव छोड्ने बताए ।

कान्तिपुर

Link copied successfully