काठमाडौंबाट फरार कैदीबन्दी पाल्पामा पक्राउ

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय पाल्पामार्फत कारागार पठाइएको छ ।

कार्तिक १६, २०८२

माधव अर्याल

Prisoner who escaped from Kathmandu arrested in Palpa

पाल्पा — भदौ २४ गते काठमाडौंस्थित जगन्नाथदेवल कारागारबाट फरार एक कैदीबन्दी पाल्पाबाट आइतबार पक्राउ परेका छन् ।

प्रदर्शनका क्रममा कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंबाट फरार ३५ वर्षीय रुद्रप्रसाद न्यौपाने पूर्वखोला गाउँपालिका–३, रिङ्नेरहस्थित आफ्नै घरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए ।

न्यौपाने बैंकिङ कसुर मुद्दाका फरार कैदीबन्दी भएको प्रहरीले जनाएको छ । प्रहरी कार्यालय पाल्पाको निरन्तर निगरानी तथा गोप्य सूचनाका आधारमा कात्तिक १६ गते दिउँसो इलाका प्रहरी कार्यालय पूर्वखोलाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय पाल्पामार्फत कारागार पठाइएको छ । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully