रुकुमपूर्वमा अटो दुर्घटनामा २ जनाको मृत्यु, ४ घाइते

जिल्ला प्रहरी कार्यालयका अनुसार लुगुम गाउँबाट ब्राहतालतर्फ जाँदै गरेको अटो दुर्घटना भएपछि एकै घरका जेठानी–देउरानीको मृत्यु भएको हो ।

कार्तिक १६, २०८२

महेश केसी

2 killed, 4 injured in auto accident in Rukumpur

रुकुमपूर्व — रुकुम पूर्वको भुमेमा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

भुमे गाउँपालिका–१ स्यावालस्थित मध्यपहाडी राजमार्गमा शनिबार साँझ साढे ७ बजेतिर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार लुगुम गाउँबाट ब्राहतालतर्फ जाँदै गरेको अटो दुर्घटना भएपछि एकै घरका जेठानी–देउरानीको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा  भुमे-१ लुगुमकी ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया फिसोल्टी घर्ती रहेका छन् ।

दुर्घटनामा परेर लुगुमकै २६ वर्षीया प्रतीक्षा बुढा र उनको ११ महिनाको छोरा सुभम बुढा तथा सोही ठाउँका २५ वर्षीया ब्युटी पुन र ३ वर्षका सक्षम घर्ती रहेका छन् । घाइतेहरुको जिल्ला अस्पताल रुकुमकोटमा उपचार भैरहेको छ ।

अटो अनियन्त्रित भइ सडकदेखि करिब तीन सय मिटर तल खसेको प्रहरीको भनाई छ । घटनाबारे विस्तृत अनुसन्धन गरिरहको पनि प्रहरीले जनाएको छ ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully