धनगढीबाट काठमाडाैं उडेकाे श्री एयरलाइन्सको विमान भैरहवामा आपतकालीन अवतरण

चालक दलसहित ८२ जना सकुशल रहेको र उनीहरुलाई जहाजबाट निकालेर सुरक्षित स्थानमा राखिएको विमानस्थलले जानकारी दिएको छ ।

कार्तिक १५, २०८२

दीपेन्द्र बडुवाल

Shree Airlines flight from Dhangadhi to Kathmandu makes emergency landing in Bhairahawa

भैरहवा — धनगढीबाट काठमाडाैंका लागि उडान भरेको श्री एयरलाइन्सको विमानले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा आपतकालीन अवतरण गरेको छ ।

विमानस्थलका अनुसार फ्लाइट नम्बर २२२ काे विमानका चालकले ‘हाइड्रोलिक फेलियर रिपाेर्ट’ गरेका थिए । विमानस्थलका निर्देशक तथा प्रवक्ता श्यामकिशोर साहका अनुसार शनिबार बिहान १० बजे भैरहवा डाइभर्ट भएर विमान अवतरण भएकाे हाे । अवतरण गरेपछि विमान लक भएर केही समय धावनमार्गमा अड्किरएको थियो ।

‘अहिले आफ्‌नै पावरले विमान पार्किङ स्थलमा आइसकेको छ,’ साहले भने, ‘सम्बन्धित कम्पनीका इन्जिनियर र प्राविधिक आएर जहाजबाट निर्णय गर्लान् ।’ विमान धावनमार्गमा अड्किएकाले केहीबेर उडान र अवतरण राेकिए पनि अहिले सञ्चालनमा आइसकेको उनले बताए ।

विमानमा सवार चालक दलसहित ८२ जना सकुशल रहेको र उनीहरुलाई जहाजबाट निकालेर सुरक्षित स्थानमा राखिएको विमानस्थलले जानकारी दिएको छ ।

दीपेन्द्र

Link copied successfully