तिहारमा शिक्षक, विद्यार्थी र अभिभावक संघका पदाधिकारीहरू र अभिभावकले घर-घरमा पुगेर देउसीभैलो खेलेका थिए ।
अर्घाखाँची — भूमिकास्थान नगरपालिका–९ डेभामा रहेको भगवती माध्यमिक विद्यालयले देउसी भैलो खेलेर रकम जम्मा गरी अक्षयकोष स्थापना गर्ने भएको छ। तिहारमा शिक्षक, विद्यार्थी र अभिभावक संघका पदाधिकारीहरू र अभिभावकले घर-घरमा पुगेर देउसीभैलो खेलेका थिए ।
अहिलेसम्म ६ लाख रुपैयाँ संकलन भएको विद्यालयका प्रधानाध्यापक कृष्ण खनालले बताए । उक्त रकमबाट विद्यालयमा अक्षयकोष र सरस्वतीको मन्दिर निर्माण गर्ने योजना रहेको खनालले बताए ।
अक्षयकोषको रकम विद्यार्थीको लागि खर्च गरिनेछ । देउसीभैलोबाट स्कुल–समुदायकाबीच भावनात्मक सम्बन्ध थप प्रगाढ भएको र सामाजिक क्षेत्रमा खर्च गर्न भैलोबाट गाउँमा सो रकम संकलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद मरासीनीले बताए ।
