परासी कारागारबाट भागेका २ सय ५ कैदी बन्दी अझै फर्केनन्

फरार २ सय ५ जना कैदी बन्दीमध्ये ३८ जना भारतीय नागरिक रहेको जिल्ला कारागारका नायब सुब्बा किरण अर्यालले बताए ।

कार्तिक १५, २०८२

नारायण शर्मा

205 prisoners who escaped from Parasi prison have not yet returned

नवलपरासी — गत भदौ २५ मा जिल्ला कारागार परासीबाट फरार रहेका ५ सय ४६ कैदी बन्दीमध्ये २ सय ५ जना अझै सम्पर्कमा आएका छैनन् ।

फरार २ सय ५ जना कैदी बन्दीमध्ये ३८ जना भारतीय नागरिक रहेको जिल्ला कारागारका नायब सुब्बा किरण अर्यालले बताए । ‘२२ जना अदालतको फैसला अनुसार विभिन्न अपराधमा कैद सजाय भोग्दै गरेका व्यक्ति थिए,’ उनले भने । 

पूर्वी नवलपरासीमा कारागार नभएका कारण यहाँका धेरै बन्दीलाई समेत पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको यसै कारागारमा राख्ने गरिएको छ ।

१ सय ७५ जनाको क्षमता रहेको कारागारमा ५ सय ७५ जना कैदी बन्दी थिए । देशभरको कारागार तोडफोडको हल्ला फैलिएपछि यहाँका कैदी बन्दी पनि निस्केर भागेका हुन् । त्यतिखेर २९ जना भने नभागी कारागारमै बसेका थिए ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully