सन्धिखर्क–गोरूसिंगे सडक अवरुद्ध

सन्धिखर्क–गोरूसिंगे सडक खण्डमा साँझको समय लेदो सहितको पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको प्रहरीको भनाइ छ।

कार्तिक १४, २०८२

वीरेन्द्र केसी

Sandhikharka-Gorusinghe road blocked

अर्घाखाँची — लगातार भारी वर्षाका कारण सन्धिखर्क–गोरूसिंगे सडक खण्ड अवरुद्ध भएको छ। सो खण्डको घुम्ती नजिकै रिब्दीमा सडक माथिबाट ठूलो पहिरो खसेपछि यातायात सञ्चालन रोकिएको हो।

सडक माथिबाट लेदो सहितको पहिरो खस्नुका साथै रुख ढलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका नायब उपरीक्षक दिवसबहादुर जिसीले बताए। उनका अनुसार साँझमा पहिरो खसेकाले हटाउने प्रयास भइरहेको छ।

सन्धिखर्क–गोरूसिंगे सडक प्रयोग गर्ने सवारी चालक र सर्वसाधारणलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न जिसीले आग्रह गरेका छन्।

वीरेन्द्र केसी

Link copied successfully