गत भदौ २५ गते बाँके नौबस्ता कारागारबाट भागेका गुलरिया नगरपालिका–५ का २३ वर्षीय रामशरण चौधरी पक्राउ परेका हुन् । उनी बलात्कार मुद्दामा जेल सजाय भोग्दै आएका थिए ।
बर्दिया — जेन–जी आन्दोलनका क्रममा नौबस्ता कारागारबाट फरार भएका एक कैदी नागरिकताको प्रतिलिपि बनाउँदा बनाउँदै जिल्ला प्रशासन कार्यालय बर्दियाले पक्राउ गरेको छ ।
गत भदौ २५ गते बाँके नौबस्ता कारागारबाट भागेका गुलरिया नगरपालिका–५ का २३ वर्षीय रामशरण चौधरी पक्राउ परेका हुन् । उनी बलात्कार मुद्दामा जेल सजाय भोग्दै आएका थिए । कारागारबाट करिब डेढ महिनाअघि भागेका चौधरी नागरिकताको प्रतिलिपि लिने क्रममा शंका लागि सोधपुछ गर्दा भागेको खुल्न आएपछि नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय, बर्दियाका प्रशासकीय अधिकृत विमल गुरुङले बताए ।
मुलुकका विभिन्न कारागारबाट भागेका बर्दिया जिल्लाकै ४९ कैदीमध्ये चार जना पक्राउ परेका छन् । भागेका अन्य कैदीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
