बिहान ३ बजेबाट दाउन्ने सडक खण्ड अवरुद्ध

बिहीबार बिहान ३ बजेदेखि महेन्द्र राजमार्ग हुँदै पूर्व पश्चिम हिँडेका सैयौं गाडी दुम्कीवास र बर्दघाटमा रोकिएका छन् ।

कार्तिक १३, २०८२

नारायण शर्मा

Daunne road section blocked since 3 am

नवलपरासी — सामान्य वर्षातका कारण राजमार्ग चिप्लो भएर दाउन्ने खण्डमा जाम भएको छ ।

स्थानीय सुनिल खनालका अनुसार दाउन्नेको विश्वकर्मा मन्दिर नजिकमा गाडी चिप्लिएर राजमार्ग अवरुद्ध भएको हो ।

बिहीबार बिहान ३ बजेदेखि महेन्द्र राजमार्ग हुँदै पूर्व पश्चिम हिँडेका सैयौं गाडी दुम्कीवास र बर्दघाटमा रोकिएका छन् । इलाका प्रहरी कार्यालय दुम्कीवासका अनुसार सामान्य वर्षाका कारण राजमार्ग हिलाम्य भएर गाडी आउजाउ हुन नसकेको हो ।

Daunne road section blocked since 3 am

विश्कर्मा मन्दिर नजिक कच्ची सडकमा ग्राइभेल राख्न सडक विभागमा खबर गरिएको छ । पूर्वी नवलपरासीमा बिहान २ बजेबाट सामान्य वर्षा भइरहेको छ ।

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully