कपिलवस्तुमा बस दुर्घटना : १ जनाको मृत्यु, ५ घाइते

पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको थियो बस

कार्तिक १३, २०८२

मनोज पौडेल

Bus accident in Kapilvastu: 1 dead, 5 injured

कपिलवस्तु — पूर्व–पश्चिम राजमार्गस्थित शिवराज नगरपालिका–१, बनकसबासमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नं.को यात्रुवाहक बसले एक पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको वडा प्रहरी कार्यालयले जनाएकोछ । बसले ठक्कर दिएका अन्दाजी ५०/५५ वर्षका पुरुषको भने मृत्यु भएको छ ।

उनलाई उपारका लागि चन्द्रौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका निरीक्षक सन्तोष घिमिरेले बताए ।

घाइते यात्रुको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य छ ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully