प्रतापपुर गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा

केन्द्र सरकारले सोमबार सार्वजनिक बिदा दिएको भए पनि पर्सी ( मंगलबार) पनि पर्व मनाइने भएकाले थप एक दिन बिदा दिइएको हो ।

कार्तिक १०, २०८२

नवीन पौडेल

Public holiday in Pratappur Rural Municipality on Tuesday

परासी — छठ पर्वको अवसरका पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले कात्तिक ११ गते सार्वजनिक बिदा दिएको छ ।

केन्द्र सरकारले सोमबार सार्वजनिक बिदा दिएको भए पनि पर्सी ( मंगलबार) पनि पर्व मनाइने भएकाले थप एक दिन बिदा दिइएको हो । 

पालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आज एक सूचना जारी गर्दै जलाशय, नदी, सूर्य र मातृ शक्ति प्रति सम्मान गर्ने यो पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै कात्तिक ११ गते पालिकाभित्रका सम्पूर्ण संघ संस्था, विद्यालय तथा कार्यालयमा बिदा दिइएको उल्लेख छ । 

यसैबीच पश्चिम नवलपरासीमा छठ पर्वको अवसरमा जलासय, तथा नदी किनारलाई झकिझकाउ बनाइएको छ । नदी किनारमा सरसफाइ गरेर पूजाका लागि तयारी अवस्थामा राखिएको छ । जिल्लाको परासी, बर्दघाट, सरावल, पाल्हिनन्दन, सुस्ता, सरावल, पाल्हिनन्दन र सुनवल नगरपालिकामा पूजाका लागि नदी किनार र जलासय सजाइएको हो ।

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully