खुट्टामा चोट लागेको अवस्थामा भाले जातको चितुवालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले उद्धार गरेका छन् ।
बर्दिया — बारबर्दिया नगरपालिका–९ खल्ला कतरनियामा घाइते अवस्थाको चितुवाको बच्चा फेला परेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको पूर्वपश्चिम राजमार्गमा अन्दाजी ४ महिनाको चितुवाको बच्चा फेला परेको प्रहरीले जनाएको छ ।
खुट्टामा चोट लागेको अवस्थामा भाले जातको चितुवालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले उद्धार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डिएसपी देवेन्द्र मल्लले उद्धार गरिएको चितुवालाई निकुञ्जको रम्मापुरबाट खटिएका टोलीले उपचारका लागि लिएको बताए ।